दोलखामा भूकम्पको झड्का : लामाबगर केन्द्रविन्दु



दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ ।

आज बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए ।

विसं २०७२ को गोरखा भूकम्प ७.६ रिक्टर स्केलं पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।

प्रकाशित मिति : असार २, २०७७ मंगलबार  ६ : २३ बजे