थप ३ सय ८० जनामा संक्रमण पुष्टी : संक्रमितको संख्या ६ हजार ५ सय ९१



नेपालमा आज ३ सय ८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यो सँगै संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा ।

जागेश्वर गौतमका अनुसार कुल संक्रमितमध्ये महिला ४ सय ९९ र पुरुष ६ हजार ९२ छन् । संक्रमित संख्या बढिरहेकाले शतर्क हुन भनिएको छ ।

यसअघि हिजो संक्रमित संख्या छ हजार नाघेको थियो ।

हिजो ४ सय ५१ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको थियो ।

हालसम्म ७३ जिल्लामा संक्रमित पत्ता लागेका छन् ।

निको भएका संक्रमितको संख्या एक हजार नाघेको छ ।

 

प्रकाशित मिति : असार २, २०७७ मंगलबार  ११ : ४१ बजे