पूर्वराष्ट्रिय फुटबल खेलाडी सागर थापासहित ६ जनालाई सर्वोच्चले दियो सफाई



सर्वोच्च अदालतले पूर्वराष्ट्रिय फुटबल खेलाडी सागर थापासहित ६ जनालाई सफाई दिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार थापासहित, सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्वखेलाडी अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिएको हो ।

उनीहरुलाई विभिन्न ईन्टरनेश्नल गेममा मिलेमतो गरेको आरोपमा २०७२ साल असोज २७ गते प्रहरीले पक्राउ गरेको थियो ।

थापा राष्ट्रिय फुटबल टिमका कप्ताको भूमिका थिए । अदालतले सफाई दिएपछि थापाले खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : असार २, २०७७ मंगलबार  १२ : ५५ बजे