बार्सिलोनासँग लेगानेस पराजित



काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले लेगानेसलाई २(० ले पराजित गरेको छ।

खेलको ४२ औं मिनेटमा बार्सिलोनाका लागि १७ वर्षीय अन्सु फातीले एक गोल गर्दै जारी सिजनमा पाँचौं गोल बनाए।

त्यसपछि खेलको दोश्रो हाफमा मेसीले ६९ औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।

लेगानेसका रूबिन परेजले मेसीलाई फल गरेपछि सो बार्सिलोनालाई पेनाल्टी प्राप्त भएको थियो।

जितसँगै लिगमा बार्सिलोनाले आफ्नो निकट प्रतिदवन्दी रियम मड्रिडसँग ५ अंकको दुरी बनाएको छ।

मड्रिडले बार्सिलोनाको भन्दा एक खेल कम खेलको छ।

लिगमा २९ खेलबाट बार्सिलोनाको ६४ अंक छ भने २८ खेल खेलेको मड्रिडको ५९ अंक छ।

लिगको पुछारमा रहेको लेगानेसको २९ खेलबाट २३ अंक छ।

प्रकाशित मिति : असार ३, २०७७ बुधबार  १ : ३१ बजे