आजको मौसम : देशभर सामान्यतया बदली रहने



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षा भइरहेको जनाएको छ ।

शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले नेपालमा भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा निम्न चापीय प्रणाली अवस्थित रहेको जनाएको छ।

शुक्रबार दिउँसोदेशभर सामान्यतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति देशभर पूर्णतया बदली रहने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५ र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार  २ : ३८ बजे