युएई । युएईमा समस्यामा परेका एक सय ५१ जना नेपाली नेपाल फर्किएका छन्। कोरोनाभाइरसको महामारीका कारण समस्यामा परेका नेपालीहरु हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ (५६७२) मार्फत युएईको आबुधावीबाट स्थानीय समय अनुसार बिहान ४ः२० बजे फर्किएका हुन्।
स्वदेश फर्कनेहरुमा २५ महिला र १ सय २६ पुरुषहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल सरकारले तोकेको ३ सय ८५ अमेरिकी डलर अर्थात् झण्डै ४६ हजार रुयैयाँको टिकट काटेर नेपाल फर्किएका हुन्।
उनीहरुलाई आबुधावी विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो। जसमध्ये तीन जना यात्रुलाई कोरोना पोजेटिभ देखिएकोले उनीहरु नेपाल फर्कन पाएनन्।
उनीहरुलाई बिमानस्थलबाट नै होम क्वारेन्टाइनमा पठाइएको नेपाली दूतावास आबुधावी श्रम सहचारी मोतिराम भुसालले बताए।
आजै यूएईबाट नेपाल एयरलाइन्स र फ्लाई दुवईको उडान हुने छन्। समय तालिका परिवर्तन नभए फ्लाई दुबई स्थानिय समय अनुसार बिहान ८ः०० बजे र नेपाल एयरलाइन्सको ११ः१० बजे दुबई बिमानस्थलबाट उडान हुने तालिका रहेको छ।








