कैलालीको धनगढीस्थित प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा कैलालीका १० महिला र ४७ पुरूष गरी ५७ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको छ।
२ सय ५४ जनाको स्वाब परीक्षण गर्दा कैलालीको लम्कीका ६ महिला र १९ पुरूष र गोदावरी नगरपालिकाकी ५ वर्षीया बालिकासहित ४ महिला र २८ पुरूषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले विज्ञप्ती मार्फत जनाएको छ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या १० हजार १ सय ९२ पुगेको छ।











