आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ। बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भूभागमा बदली रहेको जनाएको छ।

महाशाखाले प्रदेश १,२,५,सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा बर्षा भइरहेको र दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, प्रदेश १, २, ६, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति : असार ११, २०७७ बिहीबार  २ : १६ बजे