एफए कपको सेमिफाइननलमा म्यानचेष्टर युनाइटेड



अतिरिक्त समयमा नर्विच सिटीलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार भएको पहिलो क्वाटरफाइनमा युनाइटेडले नर्विचलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो ।

ह्यारी मगुरेले ११८औं मिनेटमा गोल गरेपछि युनाइटेडले जित हात पारेको थियो ।

खेलको ५१औं मिनेटमा ओडियन ओघालोले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए ।

तर ७५औं मिनेटमा टोड कान्टवेलले नर्विचका लागि बराबरी गोल फर्काए ।

८९औं मिनेटमा टिम क्लोस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नर्विच १० खेलाडीमा झर्‍यो ।

निर्धारित समयको खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो ।

प्रकाशित मिति : असार १४, २०७७ आईतबार  ५ : ३७ बजे