अतिरिक्त समयमा नर्विच सिटीलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार भएको पहिलो क्वाटरफाइनमा युनाइटेडले नर्विचलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो ।
ह्यारी मगुरेले ११८औं मिनेटमा गोल गरेपछि युनाइटेडले जित हात पारेको थियो ।
खेलको ५१औं मिनेटमा ओडियन ओघालोले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए ।
तर ७५औं मिनेटमा टोड कान्टवेलले नर्विचका लागि बराबरी गोल फर्काए ।
८९औं मिनेटमा टिम क्लोस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नर्विच १० खेलाडीमा झर्यो ।
निर्धारित समयको खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो ।










