४६३ जना कोरोना संक्रमित थपिए



नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४६३ जना संक्रमित थपिएका छन् ।

यस सगै कुल संक्रमित संख्या १२ हजार ७ सय ७२ पुगेको आज स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएकामध्ये पुरुष ३५८ र महिला १०५ रहेको मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार कुल संक्रमितमध्ये पुरुष ११ हजार २ सय ९८ र महिला १४ सय ७४ छन् ।

प्रकाशित मिति : असार १४, २०७७ आइतबार  १ : ५६ बजे