साेमबार देशका धेरै स्थानमा बर्षा : सतर्कता अपनाउन आग्रह



देशभरकाे माैसम सामान्यतया बदलीकाे अवस्थामा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेका कारण केही दिन पानी पर्ने जनाएकाे हाे ।

महाशाखाले साेमबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । यस्तै, प्रदेश १ , प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाको पूर्वानुमानको अनुसार आज राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता, प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै वर्षा हुने क्षेत्रमा बाढीपहिरो तथा डुबानको समेत खतरा रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : असार १५, २०७७ सोमबार  ७ : ०१ बजे