क्यानले गठन गर्‍यो ४ कमिटी



नेपाल क्रिकेट संघ ९क्यान० ले चार नयाँ कमिटी गठन गरेको छ। सोमबार क्यानले प्रतियोगिता कमिटी, प्राविधिक कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटी गठन गरेको हो। प्रतियोगिता कमिटीमा प्रशान्त विक्रम मल्ल संयोजक छन्।

त्यस्तै, सदस्यहरुमा दाउद अन्सारी, ऋषी राम गौतम, विक्रम विष्ट र कैलास विष्ट छन्। यसैगरी, प्राविधिक कमिटीको संयोजकमा संजय राज सिंह छन्। सदस्यहरुमा विरेन्द्र बहादुर चन्द, अमित विर पाण्डे, अरुण कुमार अर्याल र संजय गुरुङ छन्। त्यस्तै, फाइनान्सियल कमिटीको संयोजकमा रोशन कुमार सिंह छन् भने सदस्यमा माधव कर्माचार्य र दुर्गाराज पाठक छन्।

मिडिया कमिटीको संयोजकमा भने क्यानका केन्द्रीय सचिवसमेत रहेका अशोकनाथ प्याकुरेल छन्। सदस्यमा भानु सिग्देल रहेका छन्।

प्रकाशित मिति : असार १५, २०७७ सोमबार  ११ : ५५ बजे