पछिल्लो समय काठमाण्डौ उपत्यकमा पनि कोरोना सङ्क्रमित बढ्न थालेका छन ।
मंगलबार मात्रै काठ्माण्डौ उपत्यकामा थप १२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छ ।
मंगलबार काठमाडौंमा थप १० जनामा र भक्तपुरमा एकजना र ललितपुरमा एकजनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले पुष्टि गरेका हुन्।
मंगलबार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये भक्तपुरकी एक महिला र ललितपुरका एक पुरुष रहेका छन् । यस्तै काठमाडौका ५ महिला र ५ पुरुष रहेका छन् ।








