भारतमा सलह किरामाथी सेनाको हेलिकप्टरबाट किटनाशक हमला



भारतका बिभिन्न राज्यमा फिलिरहेको सलहा किराको समुहलाई नष्ट गर्न भारतिय सेनाले हेलिकप्टरबाट किटनाशक हमला गर्ने भएको छ ।

सलह नियन्त्रणका लागी एयरफोर्सले आफ्ना तीन एमआई-१७ हेलिकॉप्टर मा केहि सुधार गरेर पंप समेत कीटनाशक ट्याङ्की र नोजल सहित मॉडिफाइड गरेको बताइएको छ ।

यि हेलिकप्टारहरुले ४० मिनटमा ७५० हेक्टेयर क्षेत्रमा ८०० लीटर कीटनाशक छर्किने तयारी गरेका छन ।

सलहको बथान भारतीय सीमामा प्रवेश गर्ने बित्तिकै हेलिकॉप्टर मार्फत किटनाशक हमला गरिने बताइएको छ ।

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  ८ : २७ बजे