पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टी गरे ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनिहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
आज थपिएका २३२ सहित नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६४१५ पुगेको छ।
तेस्तै कोरोनाभाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।
रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो क्रममा देखिएको छ ।








