सोमबार २ सय ६४ जना कोरोना संक्रमणमुक्त



सोमबार थप २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

योसहित नेपालमा हालसम्म ६ हजार ८ सय ११ जना उपचारपछि निको भएका छन्।

आइतबारसम्म ३४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

प्रकाशित मिति : असार २२, २०७७ सोमबार  १० : ४१ बजे