पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ७ सय ५२ घर फर्केका छन् ।
तेस्तै पछिल्लोपटक काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।










