नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारणमा रोक



नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारणमा रोक लगाइएको छ ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानल बन्द गर्ने निर्णय गरेर रोक लगाएका हुन् ।

भारतीय च्यानलहरुमा नेपालबारे अफवाह फैलाउने गतिविधि भएको भन्दै विरोध भइरहँदा वितरकहरुले रोक लगाएका हुन् ।

दुरदर्शनका भने प्रसारणमा रोक लगाइएको छैन ।

प्रकाशित मिति : असार २५, २०७७ बिहीबार  २ : ५१ बजे