महामारीपछि डोनल्ड ट्रम्पले पहिलो पटक मास्क लगाए



अमेरिकी राष्ट्रपति पहिलो पटक सार्वजनिक रुपमा फेस मास्क लगाएको भेटिए ।

उनले कुनै हालतमा मास्क नलगाउने जिद्दी गर्दै आएका थिए । तर ट्रम्पले सार्वजनिक स्थलमा सबैले देख्ने गरी मास्क लगाएका छन् । ट्रम्प वासिङ्टन नजिकै रहेको वाल्टर रीड नेशनल मेलिटरी मेडिकल सेन्टरको भ्रमणमा गएका थिए जहाँ उनले घाइते सैनिक र स्वास्थ्यकर्मीसँग भेट गरे ।

हालै आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनले उनलाई फस मास्क नलागाएको भन्दै कटाक्ष गरेका थिए ।

शनिबार ह्वाइट हाउसबाट निस्कने बेला उनले मास्क लगाएका थिए । उनले भनेका थिए, ‘अस्पतालमा जब तपाईं थुप्रै मानिसहरुसँग भेट गर्नुहुन्छ त्यहाँ तपाईंले मास्क लगाओस् भनेर थुप्रैले आशा राखेका हुन्छन् । ’

उनले थपे, ‘म कहिले पनि मास्क विरोधी थिइनँ । तर मलाई लाग्छ कि सबै कुराको समय र स्थान हुन्छ । ’

अमेरिकामा कोरोना महामारी देखिएपछि ट्रम्पले सार्वजनिक रुपमा पहिलो पटक मास्क लगाएको देखिएका हुन्

प्रकाशित मिति : असार २८, २०७७ आईतबार  ३ : ०९ बजे