विप्लव समूहका नेता ओमप्रकाश पुन कैलालीमा पक्राउ



विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका हुन् ।

विप्लव समूह स्रोतले पुन पक्राउको पुष्टि गरेको छ । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले भने एक जना नेता पक्राउ परेको भनेका छन् ।

पुनसँगै अनेमसंघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी छिन् । धामी नेता पुनकी श्रीमती हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले उनीहरुलाई कैलालीको फुलबारी क्षेत्रबाट गिरफ्तार गरेको सूदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : असार ३१, २०७७ बुधबार  ६ : ११ बजे