बधुबार १ सय १६ जना नयाँ संक्रमित थपिए



बधुबार नेपालमा थप १ सय १६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर देवकोटाले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । जसमा ११ हजार २५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

बुधबार मात्रै ६ सय ९७ जना डिस्चार्ज भएको प्रवक्ता डा । देवकोटाले ब ताए । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा १ हजार १ सय १३ जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति : असार ३१, २०७७ बुधबार  १२ : ४३ बजे