पछिल्लो २४ घण्टामा १६७ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमित संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताए ।

यसले संक्रमण दर कम हुँदै गएको पुष्टि हुने उनले बताए ।

संक्रमित कम भएपनि जोखिम भने कम नभएको उनकाे भनाइ छ ।

उनका अनुसार हालसम्म ११ हजार २ सय ४९ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् ।

देशमा ६ हजार ५६ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार  १० : ५९ बजे