बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
काेराेना पाेजेटिभ देखिए पछि प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हाे ।
मृतक ब्यक्ति सप्तरीको राजविराज नगरपालिका-६ निवासी ७३ बर्षिय पुरुष रहेको बताईएकाे छ ।
उनको गएराती मृत्यु भएको बताईएको छ ।
उनी प्रदेश १ मा काेराेना संक्रमणबाट मृत्यु हुने पहिलाे व्यक्ति हुन् ।
उनको शव अहिले प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
शवलाई कसरी व्यावस्थापन गर्ने भनेर अहिले समवन्य भईरहेको बताईएको छ ।