पछिल्लो २४ घण्टामा नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले बताए ।
उनका अनुसार पछिल्लो पटक थपिएका संक्रमितमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका ३, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौतहटका ८, सिन्धुलीका १, काभ्रेका १, काठमाडौँका १, पाल्पाका १, लम्जुङका २२, तनहुँका ७, बर्दियाका १०, दाङका ५, रोल्पाका १३, रुपन्देहीका १, सल्यानका १, रुकुम पश्चिमका १, डडेलधुराका १, बझाङका १ र डोटीका १ जना रहेका छन् ।
तेस्तै कोरोनाभाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ बर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो ।










