पछिल्लो २४ घण्टामा देशमा ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमित संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिए
।हालसम्म ११ हजार ६ सय ३७ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् ।
हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् ।
हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।