प्यूठानमा ट्याक्टर दुर्घटना , ७ जनाको मृत्यु



प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । राती राती १२ वजेको समयमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरु संक्रान्ती मानेर फर्कनेहरु रहेका छन् । दुर्घटनामा एक जना भने बाच्न सफल भएका छन् । ट्याक्टर सडकबाट अन्दाजी ५०० मिटर तल छ ।

अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकि छ ।

प्रकाशित मिति : श्रावण ४, २०७७ आइतबार  २ : ३६ बजे