नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द, तत्काल पहिरो हटाउन कठिनाइ



काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । सोमबार बिहान ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै ठूलो पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार हालसम्म पनि पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको छ । बाटो खुलाउने तर्फ आवश्यक पहल र प्रयास भैरहेको जानकारी गराइएको छ ।

प्रहरीले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थान रोक्न र सडक सुचारू भएपछि मात्र आफ्नो यात्रामा अगाडि बढ्नको लागि सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार  २ : १२ बजे