मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा ९ जना जनप्रतिनिधि र १६ जना स्वास्थ्यकर्मीमा देखियो कोरोना संक्रमण



बारामा ९ जना जनप्रतिनिधि र १६ जना स्वास्थ्यकर्मीसहित ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए।
उनका अनुसार ७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये ११ जना महिला र ३५ जना पुरुष छन्

यस्तै, स्थानीय तहका ५ जना कर्मचारी र स्वास्थ्यकर्मीका परिवारका ६ जना सदस्यमा पनि संक्रमण देखिएको छ।

बाँकी संक्रमित भने क्वारेन्टिनमा बसेका व्यक्तिमा सङ्क्रमण देखिएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : १३ बजे