बाढीका कारण पृथ्वी राजमार्गको ठाउँठाउँमा क्षति : यातायात अबरुद्द



अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण पृथ्वी राजमार्गको धादिङ खण्डका आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको छ। धादिङ जिल्ला रोराङ गाउँपालिका मौवा खोलामा आएको बाढीले पुलछेउको जमिनको भागमा भत्काउँदा आवतजावत ठप्प भएको र सोमबार यातायात खुल्ने संभावना नरहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन्।

ुधादिङ र चितवनको सीमानामा पर्ने मौवा खोलाको पुलभन्दा अगाडिको भाग पुरै बगाएर खाल्डो पारेको छ। त्यसमा पुर्नुको विकल्प छैन। मौसमले साथ दिए मंगलबार त्यहाँको निरीक्षण गर्न हाम्रो टोली जान्छ। सबै कुरा सहज भयो भने मंगलबारसम्म राजमार्ग खुल्न सक्छ,ु प्रजिअ तामाङले भने।बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको हो। सो स्थानको निरीक्षणका लागि सेना र प्रहरीको टोली प्रस्थान गरेपनि ठाउँठाउँमा बाटो बन्द भएका कारण जान नसकेर फर्किएको उनले जानकारी दिए।

यसै बिच उक्त राजमार्गमा चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।मोवाखोलामा आएको बाढीले पुलको धादिङतर्फको खण्ड भत्काएको छ । बाढीले खोला छेउका केही घर पनि बगाएको स्थानीय सन्तोष पौडेलले जानकारी दिए

प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार  १२ : १९ बजे