थप १८६ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा नेपालमा थप १८६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा काठमाडौंका २, ललितपुरका १ सहित थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना र निको भएकासहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर परीक्षण भएको छ भने थप १७३ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा केहि कमी आउन थालेको छ ।

प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार  १२ : २५ बजे