पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जना सहित देशमा थप १५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस सगै मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।
त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।
पछिल्लोपटक काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् ।
उनीहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
देशमा ५ हजार ४ सय ७७ जना उपचाररत छन् ।
हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।








