लमजुङमा पहिरो : कम्तिमा १० घर पुरिए



लमजुङमा पहिरोले ठुलो क्षति निम्त्याएको समाचार छ ।

लामाजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं . १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर घर पुगिएका हुन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।

आफू पनि घटनास्थलतर्फ गइरहेको उनले बताए ।

पछिल्लो समय लगातारको बर्षाले गर्दा देशैभरी बाढी पहिरोका घटना बढेका छन ।

प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार  ६ : ४९ बजे