थप १०० जनामा कोरोना संक्रमण पुष्टी, एक चिनिया नागरिक सहित २ जनाको मृत्यु



बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ । यस सगै नेपालमा  कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ ।महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसै बिच नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट विदेशी नागरिकको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले आज विहान चिनियाँ नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।

मृत्यु हुने ४९ वर्षीया चिनियाँ महिला कामको सिलसिलामा पोखरामा बस्दै आएकी थिइन् । २ साउनमा स्वास्थ्यमा समस्या भएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा समस्या भएपछि आकस्मिक रुपमा हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई टिचिङ अस्पताल रिफर गरिएकोमा आज विहान मृत्यु भएको हो ।

प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार  ११ : ५६ बजे