बिहीबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ५, ललितपुरमा २ र भक्तपुरमा २ गरी उपत्यकामा ९ जना संक्रमित थपिएको जानकारी दिए।
योसँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ६५, ललितपुरमा ८२ र भक्तपुरमा ४९ पुगेको छ।








