मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनद्वारा मङ्गल ग्रहमा यानसहितको रकेट प्रक्षेपण



चीनले मङ्गल ग्रहमा यान पठाएको छ । नियानवेन(१ नामो यान जडित रकेट आज प्रक्षेपण गरेको हो ।

चिनियाँ राष्ट्रिय अन्तरीक्षण प्रशासन सीएनएसएलाई उदृत गर्दै ग्लोबल टाइम्सले रकेडको सफतापूर्वक प्रक्षेपणपछि मङ्गल ग्रहको यात्रामा मिसन अगाडि बढेको जनाएको छ । यात्रा सफल भएमा सन् २०२१ को फेब्रुअरी महिनामा सात महिनाको यात्रापछि नियानवेन(१ मंग्रल ग्रहको क्षेत्रमा पुग्नेछ ।

तियानवेन(१ मङ्गल ग्रहको अन्वेषणमा पठाइएको त्यस्तो मिसन हो जसले उक्त ग्रहलाई परिक्रमा गर्ने, यान जमिनमा उत्रने र यात्राा लागि समेत निस्कनेछ । एकैपटक तीनवटा मिसनका साथ यान पठाइएको छ ।

यो मिसनको अन्तरीक्षमा यान प्रक्षेपण चीनले हालसम्म पठाएकोमध्ये सबैभन्दा भारी हो । झण्डै पाँच टनको यानको यात्रा सफल भएमा मङ्गल मिसनमा अर्को सफलता हासिल हुनेछ ।

यसअघि संयुक्त अरब इमिरेट्सले सोमबार मङ्गल मिसनका लागि यान पठाइसकेको छ । यसै महिना अमेरिकाले पनि मङ्गल ग्रहमा यान पठाउँदैछ । एकसाथ तीनवटा देशले मङ्गल मिसनका लागि रकेट प्रक्षेपण गरेका हुन् ।

मंगल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ ।

तर हेर्नलायक मुख्य प्रतिस्पर्धा चीन र संयुक्तराज्य अमेरिकाबीच नै हुनेछ । चीनले पछिल्ला वर्षहरुमा अन्तरिक्ष खोजमा अमेरिकाको बर्चश्व समाप्त गर्ने प्रयासस्वरुप व्यापक अभियान संचालन गरिरहेको छ ।

अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मंगल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ ।

नासाले सन् २०३१ सम्ममा मंगल ग्रहबाट ढुंगा र बालुवाका नमुना संकलन गरेर पृथ्वीमा ल्याउने लक्ष लिएको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ११ : ३९ बजे