कक्षा १२ को परीक्षा गर्न तयारी शुरू



असोजमा कक्षा १२ को परीक्षा गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी शुरू गरेकाे छ ।

सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ ।

कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य रहेकाेले त्यही अनुसार मन्त्रालयसँग अनुमति मागेकाे बताइएकाे छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ८, २०७७ बिहिबार  ११ : ५३ बजे