जसले घाँस काट्ने हसियाँले अण्डकोष काटेर आफै प्लास्टिकको झोलामा राखेर अस्पताल पुर्याएपछि…



स्याङजा । स्याङजाका एक युवकले बुधबार साँझ आफ्नै अण्डकोष काटेका छन् । जिल्लाको पुतलीबजार नगरपालिका–२ काभ्रे निवासी ४५ वर्षीय सुकबहादुर गुरुङले घाँस काट्ने हसियाँ प्रयोग गरेर आफ्नै अण्डकोष काटेका हुन्।

प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार गुरुङले आफैंले अण्डकोष काटी प्लास्टिकको झोलामा राखेर अस्पतालमा ल्याएको बताए ।

जिल्ला अस्पताल स्याङ्जामा केही उपचारपछि पोखरा रिफर गरिएको उपचारमा संलग्न डा. आशिष बस्ताकोटीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘उनीसँगै प्लास्टिकको झोलामा अण्डकोष राखेर ल्याइएको थियो । रगत थामिने केही उपचार गरेर पोखरा रिफर गर्यौं ।’

उनको मानसिक सन्तुलन ठीक नरहेको पारिवारिक स्रोतले जनाएको छ । संयुक्त परिवारमा बस्दै आएका उनका १२ वर्षीया एक छोरी छन् भने पत्नी दोस्रो विवाह गरेर गएकी प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार  ३ : ०८ बजे