हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिभागका अनुसार देशभर सामान्य बदली रही अहिले थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
देशका बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि बिभागले अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान









