शनिबार काठमाडौंमा ३ सहित थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टी



पछिल्लो२४ घण्टामा काठमाडौं उपत्यकामा तीन जना सहित नेपालमा थप १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

काठमाडौंका २ र ललितपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस सगै प नेपालमा संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल ५ हजार ३ सय ८५ जना संक्रमितको उपचार भइरहेको छ।

प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार  १२ : १८ बजे