साउन १० देखि १६ गतेसम्मको राशिफल (हाम्रो पात्रोबाट)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता पुरानो समस्या सुल्झाउन सकिनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । वैचारिक मनमुटाव बढ्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हा
यो हप्ता आस मारेको काम बन्नेछ । धार्मिक कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । साताको मध्यमा आर्थिक कारोवारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति आउनेछ । यो साताका लागि शुभअङ्क २,३ र शुभरङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजी भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट मान सम्मानपनि पाइनेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यात्राको अवसरसँगै चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मंगलबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो हप्तामा शुभकार्यको चर्चा चल्नेछ । आफन्तसंगको सहकार्यलेराम्रो लाभ मिल्नेछ । सामाजिक कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । पश्चिमको यात्रा लाभदायक हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
धेरै प्रयास पछि जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । समाजिक कार्यमा मन जाला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बोलीको प्रभावपनि बढ्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मकर – भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्धका लागिपनि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, दा
व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । गरेका काममा ढिलासुस्ती हुने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग कालो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ
मीन – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
यो हप्तामा लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । मध्य सातामा मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग गुलाबी वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ








