पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ११ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।
यसै बिच विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जना कोरोना संक्रमण भएको भेटिएको छ।
काठमाडौंका ४८ र ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आजसम्म १३ हजार ८ सय ७५ जना संक्रमणमुक्त भएका छन् । आज १ सय २१ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।
हाल १५ हजार ३३१ जना हाल क्वारेन्टाइनमा छन्। हालसम्म नेपालमा ४८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।








