पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ सय १० जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या १९ हजार २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।
आजसम्म १४ हजार २१ जना संक्रमणमुक्त भएका छन् । आज १४६ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।
यसै बिच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो








