बिहिबार काठमाण्डौ उपत्यकामा ४५ जनामा कोरोना संक्रमण



पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २÷२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंका ४१ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १३ जना, शिक्षण अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा ३ जना र स्टार अस्पतालमा २ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका २ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका २ जनामा संक्रमण देखिएको हो ।
यसै बिच कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा आऐसीयूमा उपचारको क्रममा मोरङ सुनवसी ८ का ४५ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा ।जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

प्रकाशित मिति : श्रावण १५, २०७७ बिहिबार  १२ : २६ बजे