काठमाडौं उपत्यकामा ३१ सहित २४६ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ सय ४६ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २० हजार ३ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।

यसै बिच आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।

आजसम्म १४ हजार ६ सय ३ जना संक्रमणमुक्त भएका छन् । आज १११ जना संक्रमणमुक्त भएको डा । गौतमले जानकारी दिए । देशभर ५ हजार ६ सय ७२ जना उपचाररत छन् ।

प्रकाशित मिति : श्रावण १८, २०७७ आइतबार  ११ : ४४ बजे