भारतिय गृहमन्त्री अमित शाहलाई कोरोना सङ्क्रमण : अस्पताल भर्ना गरिदै



भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको पुष्टि भ्एको छ ।

गृहमन्त्री शाहले आइतबार दिउँसो ट्‍विट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउदै आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई आइसोलेसनमा बस्‍न र परीक्षण गराउन आग्रह गरेका छन् ।

गृहमन्त्री शाहले ट्‍विट गर्दै भनेका छन्, “कोरोनाका प्रारम्भिक लक्षण देखिएका छन् । मैले कोरोना जाँच गराए र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था अहिले ठिक छ । तर, चिकित्सकको सल्लाह अनुसार म अस्पताल भर्ना हुँदैछु ।”

कोरोना सङ्क्रमण पुष्टी भएसगै चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पताल भर्ना गरिने भएको छ ।

प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार  १२ : १३ बजे