मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरमा भोलिदेखि निषेधाज्ञा



जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।

सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : २५ बजे