मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिचिङ हस्पिटलमा पहिलो पटक काेराेना संक्रमितकाे प्लाज्मा थेरापीबाट उपचार



नेपालमा पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट एक जना कोरोना संक्रमितको उपचार गरिएको छ। विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरुषको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गरिएको अस्पतालका कोभिड(१९ व्यवस्थापन संयोजक डा सन्तकुमार दासले बताए। उनका अनुसार ती पुरुषको गत बिहीबार प्लाज्मा थेरापी गरिएको हो।

उनी निमोनिया भई साउन १० गते आइसीयुमा भर्ना भएका थिए। अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो। अक्सिजनमा सुधार नभएपछि उनको प्लाज्मा थेरापी गरिएको डा दासले जानकारी दिए। उनले भने, ‘निमोनियो भएर उहाँ आइसीयुमा भर्ना हुनु भएको थियो। अक्जिसनको मात्रा निकै कम भएकाले भेन्टिलेटरमा राख्ने स्थिति पनि आयो। सुधार नभएपछि हामीले प्लाज्मा थेरापी गरेका हौं।’

फोक्सोमा जटिल समस्या देखिएपछि उनलाई ९० प्रतिशत अक्सिजन दिनु परेको थियो। हाल अक्सिजन दिनुपर्ने मात्रा २४ प्रतिशतमा झारिएको डा दासले बताए। हाल उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ। उनलाई केही दिनमा आइसीयुबाट सामान्य आइसोलेसनमा राखिने उनले बताए।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : २८ बजे