दुई हप्ता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरूले दिए सुझाव



जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को वस्तुस्थितिबारे विज्ञहरुसँग गरेको परामर्शमा उनिहरुले यस्तो सुझाब दिएका हुन ।

उक्त छलफलमा सहभागी एक विज्ञले दिएको जानकारीअनुसार विज्ञहरुले कम्तिमा दुई साता लकडाउन लगाउन सुझाव दिएका छन् । र, उनीहरुको सुझावप्रति प्रधानमन्त्री ओलीपनि सकारात्मक छन् ।छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राखेको र लकडाउन नगरेमा थप भयावह हुन सक्ने चेतावनी दिएको बालुवाटार श्रोतले जानकारी दियो ।

परामर्शमा संसदमा विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि परामर्शमा सहभागी छन् । छलफलमा सहभागी देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारसमक्ष आग्रह गरेका छन् । उनले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिएका हुन् ।

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार  ९ : ५१ बजे