मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जमा नेपाली सेना, बैंक कर्मचारी र डाक्टर सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि



वीरगञ्जमा बिहिबार मात्रै नेपाली सेना, बैंक कर्मचारी डाक्टर सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षका देखि ७३ वर्ष सम्म रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बिहिबार बिहान संक्रमण पुष्टि भएका ४२ जनामा वीरगन्ज ब्यारेकका १२ जना नेपाली सेना रहेका छन जस मध्ये ७ जना वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका छन् भने वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत ५ जना रहेका छन् ।

नेपाल इनभेस्टमेन्ट बैंक वीरगन्ज शाखामा कार्यरत २८ बर्षका १ जना पुरुष रहेको छ । वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० की ३५ बर्षिय नारायणी अस्पतालमा उपचारर्थ १ जना मृगौला रोगी महिला रहेकी छिन् ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७ बर्ष देखि ७३ बर्षका सम्मका २४ जना, पर्सा जिल्लाको पकहामैनपुर गाँउपालिका वडा नम्बर २ का २७ बर्षका १ जना पुरुष , पोखरिया नगरपालिका वडा नम्बर ६ का ३३ बर्षका १ जना पुरुष रहेको मेसु उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ५ : ०४ बजे